Comments Add Comment

पत्रकार सम्मेलनमै भक्कानिए डा. सूर्यराज आचार्य

२८ पुस, काठमाडौं । पार्टी फुटपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएका छन् ।

पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसबारे आफ्नो धारणा सार्वजनिक गर्न विवेकशील साझाले शनिबार पत्रकार सम्मेलन राखेको थियो, जसको सुरु गर्दा आचार्यको गला अवरुद्ध भयो ।

शुक्रबार गोरखामा रहेका बेला मोबाइलमा पार्टी फुटेको सन्देश आएको उनले बताए ।

धेरैले बैकल्पिक राजनीतिक अभियान्ता हौं भनेर बहस गर्दा गर्दै फुटको सन्देश पाएको भन्दै उनले यो कमजोरीका लागि केन्द्रीय कमिटीको तर्फबाट क्षमा समेत मागेका छन् । यसो भन्दै गर्दा आचार्यको गला अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment