Comments Add Comment

जति उक्साउनुस्, म हिलो छ्यापाछ्याप गर्दिनँः रविन्द्र मिश्र

२८ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे ।

पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

पार्टी फुटपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टीमा विमती भएपनि अनायाश छोडेर जान्छन् भन्ने भन्ने नलागेको बताए ।

यद्यपि बैकल्पिक राजनीतिक शक्ति निर्माण अभियान नरोकिने प्रष्ट पारे । उनले भने, यो यात्रा कुनै हालतमा रोकिँदैन । साथ दिने साथीहरु देशभर हुनुहुन्छ ।’

०४६ सालपछि बैकल्पिक पार्टी निर्माणका लागि राम्रा मान्छेले धेरै प्रयास गरेको स्मरण गर्दै मिश्रले भने, ‘तर एक वा अर्को कारणले कि विखण्डित भए, कि अन्त्य भए कि अन्त्यन्त सानो स्तरमा रहे, जसले देश रुपान्तरणको काम गर्न सक्दैन ।’

‘हामी यो तीनवटै चुनौतीबाट माथि उठ्छौं भन्ने थियो । माथि उठ्ने क्रममा यो पटक जस्तो जटिलता आयो, मलाई त अझै के लाग्छ भने एउटा विन्दु आउँछ, जहाँ हामी फेरि मिल्छौं । र, त्यो विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्छौं ।’

छोडेर जाने साथीहरुले लगाएको आरोपहरुले असाध्यै दुःख लागेको विवेकशील साझा संयोजक मिश्रले बताए । उनले अघि भने, ‘त्यसैगरी मैले पनि आरोप लगाएँ भने धेरै आरोपहरु लगाइनसक्छ । तर त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन । तपाईहरुले बेस्कन उक्साउनुभयो पनि म त्यो काम गर्दिन ।’

यद्यपि पार्टीमा विधि र प्रक्रिया मिचिएको भन्ने आरोप सही नभएको उनले बताएका छन् ।

चुनावपछि एक वर्षको अवधिमा पार्टी सञ्चालनका लागि केन्द्रीय समितिले बनाएको विधि प्रक्रियाबारे पार्टी सदस्यहरुलाई जानकारी दिन नसक्नु कमजोरी भएको उनले स्वीकार गरे । यसले गर्दा धेरैलाई विधि प्रक्रिया मिच्यो भन्ने परेको भन्दै उनले भने, ‘कुनै पनि निर्णय गर्दा विधि र प्रक्रिया मिचिएको छैन ।’

बरु पार्टीका अर्का संयोजक उज्वल थापाले विधि प्रक्रिया मिचेर समिक्षा प्रतिवेदन लेखेको उनले बताए । यसका बाबजुद ३० गते सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा बनाएको अवस्थामा पार्टी छाडेर जानु दुःखद भएको उनले बताए ।

पार्टीको नाम के हुन्छ भन्ने प्रश्नमा संयोजक मिश्रले विवेकशील साझा पार्टी नै रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment