Comments Add Comment

वडाध्यक्षको नाममा पक्राउ पूर्जी जारी

२८ पुस, विराटनगर । नदीजन्य पदार्थ निकासीमा चन्दा उठाउन अनुमति दिएको अभियोगमा कानेपोखरी-५ का वडाध्यक्ष चरणसिंह गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मोरङ प्रहरीले गुरुङको नाममा पक्राउ पुर्जी जारी गरेको हो । उनी तत्कालीन एमालेबाट वडाध्यक्ष निर्वचित भएका थिए ।

स्थानीय चिसाङ खोलाबाट ढुंगा, गिटी, र बालुवा निकासी गर्दा कानेपोखरी-५ र बेलबारी ८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकामा अवैध चन्दा असुली भइरहेको छ ।

वडाध्यक्ष गुरुङले चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिका नाममा नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगार्थ पैसा असुल गर्न पत्र दिएका थिए । प्रतिटि्रपर चन्दा स्वरुप १ सय रुपैयाँसम्म स्थानीय उपभोक्तालाई दिनुपर्छ ।

यसरी भइरहेको अवैध चन्दा असुलीमासंलग्नता देखिएपछि गुरुङको नाममा पक्राउ पूर्जी जारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । डीएसपी श्रेष्ठले भने, ‘पक्राउ परेका दुई जनाको बयानका आधारमा अवैध चन्दा असुलीमा वडाध्यक्ष गुरुङको संलग्नता देखिएको छ, उनको खोजी कार्य प्रहरीले सुरु गरेको छ ।’

प्रहरीले पाँच दिन अघि कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । दुवै जनालाई धरौटीमा रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment