Comments Add Comment

बालरोग विशेषज्ञहरूको परीक्षा अब नेपालमै

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एमआरसीपीसीएच-(यूके) परीक्षा  नेपालमै सुरू भएको छ ।

रोयल कलेज अफ इङ्ल्याण्डले बालरोग विशेषज्ञहरूको परीक्षाका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छनोट गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अस्पतालमा उपलब्ध विश्वस्तरीय पूर्वाधार, सेवासुबिधा तथा बिशेषज्ञहरुको टिमसँगै बिबिध शैक्षिक गतिबिधिहरुका कारण ग्राण्डीलार्इ छनौट गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्र राज पाण्डेले जानकारी दिए ।

शनिबार र आयतबार गरी दुर्इ दिन संचालन हुने परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपालबाट ४ जना तथा भारत, श्रीलंका, मलेशिया लगायततबाट २० जना गरी कुल २४ जना बालरोग बिशेषज्ञहरु परीक्षार्थीका रुपमा सहभागी छन् ।

परीक्षाको प्रिन्सिपल रिजनल एक्जामिनरका रुपमा डा. चन्देश्वर महासेठ छन् भने अन्य परिक्षकहरुमा डा. अजित रायमाझी, डा. कल्पना सुवेदी, डा. गणेश राइ र डा.सुधा बस्नेत छन् ।यस परिक्षाका लागि यसअघि बिदेश जानुपर्ने वाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment