Comments Add Comment

भारतमाथि अष्ट्रेलियाको जित, रोहितको शतक खेर गयो

२८ पुस, काठमाडौं । रोहित शर्माको शतकका बाबजुद अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत ३४ रनले पराजित भएको छ । यससँगै तीन म्याचको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।

सिड्नीमा २८९ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर मात्र २५४ रन बनाउन सक्यो ।

उसका रोहित शर्माले १३३ रन बनाए भने महेन्द्र सिंह धोनीले ५१ रनको पारी खेले । तर, अरु ब्याट्सम्यान चलेनन् । कप्तान विराट कोहली मात्र ३ रजमा आउट भए ।

अष्ट्रेलियाका जाइ रिचार्डसनले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर २८८ रन बनाएको थियो । उसका पिटर हृयाण्ड्सकमले ७३ रन बनाउँदा उस्मान ख्वाजाले ५९ र सन मार्सले ५४ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment