Comments Add Comment

महिला भलिबलको उपाधि एपिएफलाई

२८ पुस, काठमाडौं । दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

न्यू  डायमण्ड भलिबल क्लबको कोर्टमा भएको खेलमा एपिएफ ३–१ ले विजयी बनेको हो । फाइनलमा प्रतिभा मालीले ४२ अङ्क जोडे पनि न्यू डायमण्डलाई जिताउन सकिनन् । उपाधि भिडन्तमा पहिलो सेट गुमाए पनि लगातार तीन सेटमा जित निकाल्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफकी सरस्वती चौधरीले ३१ अङ्क जोडिन् ।

घरेलु टोलीले पहिलो सेट २५–१६ ले जित्दै उत्कृष्ट शुरुआत गरेको थियो । तर खेलमा एपिएफले उत्कृष्ट पुनरागमन गर्‍यो । दोस्रो सेट २५–२१ ले जितेको एपिएफले दोस्रो २५–२३ र तेस्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो ।

उपाधिसँगै एपिएफले तीन लाख एक हजार प्राप्त गर्यो । उपविजेता न्यू डायमण्डले दुई लाख एक हजारमा चित्त बुझायो ।

लिग कम नकआउटका आधारमा गरिएको प्रतियोगितामा आठ टोली सहभागी थिए । पोखराको टप्स माविलाई पराजित गर्दै अर्को विभागीय टोली पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो ।

उसले  एक लाख पाउँदा टप्स माविले ५० हजार प्राप्त गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment