Comments Add Comment

न्युक्यास्टलमाथि चेल्सीको जित

२९ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यास्टललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक खोसेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युक्यास्टललाई २–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा पेड्रो र विलियमले गोल गरे । यता, न्युक्यास्टलको लागि भने कैयरन क्लार्कले गोल गरे ।

खेलको नौं मिनेटमा नै पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । एकपछि अर्को दबाब बनाएको चेल्सीले पहिलो हाफको अन्त्यतिर गोल खान पुग्यो । क्लार्कले गोल गर्दै चेल्सीविरुद्ध न्युक्यास्टललाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकेको थियो भने दोस्रो हाफमा चेल्सीले थप एक गोल गर्न सफल भयो । विलियमले ५७औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ गोलको जित दिलाएका थिए ।

शनिबार राति नै भएका अन्य खेलमा साउथह्याम्पटनले लेष्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा बर्नेलीले फुलह्यामलाई २–१ गोलले नै पराजित गरेको छ ।

त्यस्तै, वाट्फोर्डले क्रिष्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गर्दा कार्डिफ सिटी र हडर्सफिल्ड भने गोलरहित बराबरीमा रोकिएका छन् ।

जितसँगै चेल्सीले २२ खेलबाट ४७ अंक बनाएको छ । अहिले चेल्सी लिगको चौथो स्थानमा छ । पराजित न्युक्यास्टल भने लिगको १८औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment