Comments Add Comment

हुवावेद्वारा पोल्याण्डमा पक्राउ परेकी चिनियाँ कर्मचारी वर्खास्त

२९ पुस, बेइजिङ । चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेकी वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको छ ।

उनको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको कम्पनीलाई उद्धृत गर्दै चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले जनाएको छ ।

चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको बताइएको थियो । पोल्याण्डको स्थानीय सञ्चारमाध्यमले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी, हुवावेका पोल्याण्ड लागि पक्राउ गरेको जानकारी दिएको थियो ।

‘व्यवसायी पक्राउ परेको समाचार प्रकाशित भएसँगै यसबारे चीनले उच्च चासो देखाएको छ,’ चिनियाँ विदेश मन्त्रालयले फ्रान्सको राज्य सञ्चालित समाचार समिति (एएफपी) लाई फ्याक्समार्फत उपलब्ध गराइएको विज्ञप्तिमा जनाएको छ ।

हुवावेले जारी गरेको एक संक्षिप्त विज्ञप्तिमा ‘कम्पनी पछिल्लो अवस्थाबारे सचेत बनेको’ र ‘यसलाई हेरिरहेको तर कम्पनीसँग अहिल्यै थप प्रतिक्रिया नरहेको’ उल्लेख छ ।

हुवावेले आफूले कारोबार गरेका मुलुकहरूको नियम तथा कानूनलाई पालना गरेको र आफ्ना कर्मचारीलाई पनि सोहीअनुरूप चल्न निर्देशन दिइरहेको बताएको छ ।

पोल्याण्डको विशेष सुरक्षा बलले पक्राउ परेका चिनियाँ नागरिक र उनीसँगै रहेका पोल्याण्डका एक व्यक्तिले चीनका लागि पोल्याण्डविरूद्ध जासुसी गरेको आशङ्कामा सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताएको छ ।

–रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment