Comments Add Comment

बसको ठक्करबाट पुरानो कावासोतीमा मोटरसाइकल चालकको मृत्यु

२९ पुस, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३, पुरानो कावासोतीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले बाटो क्रस गर्न लागेको ना ४९ प २२०७ मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक रौतहट गोमरियाका ३५ वर्षीय डमेन्द्र यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्तापूर्वले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment