Comments Add Comment

लागूऔषधसहित वीरगञ्जमा तीनजना पक्राउ

काठमाडौं । वीरगञ्जमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । वीरगञ्जनगरपालिका-१६ शंकराचार्य गेट नजिक चेकजाँचको क्रममा भारतको मोतिहारीका २१ वर्षीय सहदेव पंडित र पर्साको कालिकामाइका १९ वर्षीय अकिलेश कानू चरेससहित पक्राउ परेका हुन् ।

रक्सौलतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले पाँच किलो चरेसहित पक्राउ गरेको हो ।

यस्तै, वीरगञ्ज महानगरपालिका-१६ कै रजतजयन्ति चोकमा चेकजाँचको क्रममा प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज नगरपालिका-१६ नगवाका गोविन्दबहादुर श्रेष्ठलाई १६५ पिस नाइट्राभेट ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment