Comments Add Comment

फेक पोष्टविरुद्ध फेसबुकले सुरु गर्‍यो कारवाही

फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ ।

बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो ।

समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट चेकिङ्गको कारवाही सुरु गर्नेछ ।

यसअघि द गार्जियनमा एउटा खबर छापिएको थियो, जसमा फेसबुकले यस्तो सहकार्यमार्फत् सोसल नेटवर्कमा आउने सामग्रीको सत्यताको तथ्य जाँच र समीक्षा गर्ने उल्लेख गरिएको छ । तथ्य जाँचकीको टोलीले फेसबुकमा भाइरल हुने तस्वीर, भिडियो तथा तथ्यहरुको जाँच गर्नेछ र त्यस्ता सामाग्रीहरु झूट तथा अफवाह भए नभएको पत्ता लगाउनेछ ।

यसरी जाँच हुँदा कुनै पनि पोष्टहरु अफवाह तथा झूटो भएको पाइएमा त्यसबारेमा सम्बन्धित फेसबुक प्रयोगकर्तालाई जानकारी गराइनेछ । यद्यपि, फेसबुक प्रयोगकर्तालाई त्यस्ता सामग्री पढ्ने तथा शेयर गर्नबाट रोक्ने प्रणाली भने फेसबुकले बनाउने छैन ।

यद्यपि, फेसबुकको न्यूजफिड एल्गोरिदमले पनि फेक सामग्रीहरुलाई धेरै प्रयोगकर्तासम्म पुग्नबाट रोक्ने गर्दछ । फ्याक्ट चेकिंग लामो काम हो र यसका लागि जाँचकीहरुको टोलीले आफ्नो स्तरबाट काम सुरु गरिसकेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment