Comments Add Comment

समलैगिंक हुनु कुनै अपराध होइनः श्रीधर रंगायन

समलिंगी हुनु अपराध हो ? यस सम्बन्धमा वहस निरर्थक छ । समलिंगीलाई अहिले पनि हाम्रो समाजले खुला मनले स्विकार्न सकिरहेको अवस्था छैन । जबकी समलिंगी हुनु एक प्राकृतिक प्रक्रिया नै हो । र, हरेक प्राकृतिक कुरा स्विकार्य हुन्छन् ।

समलैंगिकता आधारित फिल्म बनाउने निर्माता, निर्देशक तथा पटकथा लेखकको रुपमा चर्चित श्रीधर रंगायन यस्तै धारणा राख्छन् ।

दिल्ली निवासी श्रीधर वाल्यावस्थादेखि नै केही अलग काम गर्ने इच्छा राख्थे । उनलाई यसमा परिवारले पनि पूर्ण साथ दिए । उनले बनाएको समलंैगिकता सम्बन्धि फिल्मकै कारण आज प्रत्येक समलिंगी ामाजिक विभेदबाट बाहिर आएर बोल्न सक्ने भएका छन् । उनीहरुलाई बन्द कोठाबाट निस्केर यर्थाथवादी बनाउनमा उनको निकै ठूलो भूमिका छ ।

उनको मान्यता छ, सेक्सुअल्ली अलग अनुभव गर्ने व्यक्तिहरुको आˆनो एक अलग्गै दुनिया छ । त्यो दुनियालाई समाज र परिवारले स्वीकार्न जरुरी छ । यही कुरालाई ध्यानमा राखेर उनले फिल्म ‘इभनिङ्ग स्याडोज’ ठूलो पर्दामा रिलिज गरेका थिए ।  उनले यो पनि आशा गरेका छन् की उक्त फिल्म सबैले हेरुन् र त्यसको मनोभावलाई बुझ्ने कोशिश गरुन् । यसै विषयमा एक भारतिय अनलाइनले उनको अन्र्तवार्ता लिएको छ, जसको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

यो फिल्म निर्माण गर्ने कहिलेबाट योजना बनाउनु भयो ?

पछिल्लो बीस वर्षदेखि ‘गे’ लेखकलाई लिएर संघर्ष चलिरहेको छ । उनीहरुलाई समाजमा खुलेर जिउने अवसर जुटेको छैन । पहिले पहिले त ट्रान्सजेण्डरलाई पनि हाम्रो समाजले गलत नजरले हेर्ने गर्थ्यो । यसमा अहिले केही सुधार भएको छ । तथापी, गे लेखकहरुलाई अहिले पनि सही तरीकाले समाजले स्वीकारेको छैन ।

वि्रटिश सरकारद्धारा निर्माण गरिएको कानुन ३७७लाई पहिले अदालतले सही ठहर्‍याएको थियो । तर केही धर्म गुरुहरुको विरोधका कारण पछि यसलाई गलत ठहर्‍याइयो ।उनीहरुको हिसाबमा समलैंगिक व्यक्ति एकसाथ रहन सक्दैनन् । यो कानूनी अपराध हो । तर यसलाई अघिल्लो वर्षदेखि अनैतिक र आपराधिक मानिदैन । मेरो विचारमा यो कहिल्यै पनि गलत थिएन र मेरो संघर्ष पनि त्यतिबेला सम्म रहन्छ, जबसम्म यसलाई समाज र परिवारबाट पूर्ण रुपमा न्याय मिल्दैन । यही सोचका साथ मैले यो फिल्मको निर्माण गरे । म खुशी छु, कि पछिल्लो छ वर्षदेखि मानिसहरु यस विषयमा बोल्नकै लागि बाहिर निस्कन थालेका छन् । र,उनीहरुको परिवारले पनि यसलाई स्वीकार्न थालेका छन् । तर पनि यसमा अझै धेरै काम गर्न बाँकी छ ।

यस फिल्मको माध्यमबाट तपाई के भन्न चाहनुहुन्छ ?

यसमा मैले यो भन्ने कोशिश गरेको छु कि जब सानो शहरका आमाहरुलाई उसको छोरा वा छोरी समलैगिंक हो भन्ने थाहा हुन्छ, तब उसले आˆनो श्रीमान् वा परिवारलाई यो कुरा कसरी बताउने गर्छिन् । र, यसको लागि उसले कस्ता कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ । कुनै पनि समलैंगिक व्यक्तिले यो कहानीमा आफूलाई जोडिएको महसुस गर्न सक्छ । किनकी यो कहानी आफैमा सत्य हो । मेरो कोशिश पनि यही हो कि यो फिल्म सबैले हेरुन् र उसको परिवारको मनोभावलाई बुझ्ने कोशिश गरोस् ।

आखिर, यस्ता व्यक्ति किन लुकेर बस्न रुचाउँछन् । यस विषयमा तपाईको राय के छ र तपाईलाई कहिले थाहा भयो कि तपाई एक समलिङ्गी हो ?

भारतीय समाजमा यसलाई स्वीकार्न त्यति सजिलो छैन । किनकी आमाबाबु आˆना बच्चाहरुलाई धेरै माया गर्छन् । यदी कुनै छोरा वा छोरी समलिङ्गी भएमा उनीहरु यो कुरा समाजमा भन्न डराउँछन् र घरैमा लुकाएर राख्ने गर्छन् । कयौ पटक त उनीहरु आˆना छोराछोरीको विहे समेत जर्बजस्ती गरिदिन्छन् । ससाना शहरमा यो समस्या धेरै छ । मलाई याद छ, जब म किशोरावस्थामा थिए, तब मलाई म सेक्सुअल्ली समलैंगिक हुँ भन्ने महसुस भएको थियो र जब म २३ वर्षको भए यो कुरा पहिलो पटक आफ्नी आमालाई बताएको थिए ।

पहिला त आमालाई यो कुरा बुझ्नमा समय लागेको थियो । तर अब सबै कुरा ठिक भैसकेको छ । पछिल्लो १५ वर्षदेखि समलैंगिक र ट्रान्सजेण्डरमा मैले ससाना डकुमेन्ट्री बनाइरहेको छु  र पहिलो पटक ‘इभनिङ्ग स्याडोज’ नामक ठूलो पर्दाको चलचित्र बनाएको छु । र, मलाई यस किसिमको अन्य चलचित्र पनि बनाउने इच्छा छ ।

यस्ता फिल्म निर्माण गर्नमा के कस्ता समस्या आईपर्छन् ?

यस किसिमको फिल्मलाई डिजिटलमा बनाउन केही मुश्किल छ , किनकी यस्ता फिल्म कम बजेटमा बनाइने गरिन्छ । तर ठूल्ठूला कलाकार यस विषयमा काम गर्न रुचाउँदैनन्  । वितरक पनि यस्ता फिल्म विक्रीवितरण गर्न हिच्किचाउने गर्छन् । किनकी यस्ता फिल्ममा ठूल्ठूला कलाकारले काम नै गर्दैनन् । यसबाहेक, सेन्सर बोर्ड यसलाई सर्टिफाई गर्नै चाहदैन । तर म यसपटक आभारी छु कि सेन्सर बोर्डले मेरो फिल्मलाई सर्टिफिकेट दिएको छ ।

तपाई आफ्नो सफलताको श्रेय कसलाई दिन चाहनु हुन्छ ?

यसको श्रेय मेरो आमा यदुनारायणलाई दिन चाहन्छु । जसले मलाई मेरा अप्ठ्यारा समयमा सधै साथ दिइन् । त्यसबाहेक, यसको श्रेय मेरो पार्टनर तथा निर्माता सागर गुप्तालाई पनि जान्छ । जसले व्यक्तिगत तथा व्यवसायिक रुपमा मलाई सधै साथ दिए । २४ वर्षदेखि हामी दुवै साथमा छौ । हामी दुवैले मिलेर नै यो फिल्मलाई सकारात्मक एंगल दिने कोशिश गरेका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment