Comments Add Comment

भक्तपुरमा ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

२९ पुस, काठमाडौं । भक्तपुरमा अहिलेसम्मकै ठूलो क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी स्थल बन्ने भएको छ । सरकारले नयाँ सम्मेलन केन्द्र बन्ने जग्गाको पहचिान गरेर निर्माणका लागि प्राविधिक तयारी सुरु गरेको छ ।

नयाँ बानेश्वरमा रहेको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनमा सारिएपछि हाल अन्तर्राष्ट्रिय सम्मेलनहरु महंगा पाँचतारे होटलहरुमा गर्नुपर्ने बाध्यता छ । यस्तै भृकटीमण्डपको प्रदर्शनी कक्षको क्षमता सानो हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरु गर्न पनि समस्या भइरहेको छ । व्यवसायीहरुले सरकारलाई आधुनिक र ठूलो प्रदर्शनी केन्द्र बनाउन सरकारलाई पटक-पटक दबाव दिँदै आएका छन् ।

यसैलाई ध्यानमा राखेर शहरी विकास मन्त्रालयले सानोठिमीमा ५ हजार व्यक्ति एकैपटक अटाउने क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन डिजाइनिङको काम थालेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार यो परियोजनाका लागि हालसम्म बजेटको व्यवस्थापन भएको छैन । डिजाइनपछि नै सम्मेलन केन्द्र कस्तो, कति लागतको र कहिलेसम्म बन्ने भन्ने टुंगो लाग्ने उनले बताए ।

‘सरकारले निर्णय गरे हामीलाई विस्तृत डिजाइन तयार गर्न निर्देशन दिएको छ । हामीले काम थालेका छौं,’ दवाडीले भने,’यसको बजेट व्यवस्थापनको काम सरकारले नै गर्छ ।’

यो सम्मेलन केन्द्र सानोठिमीस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गामा भनाउन लागिएको हो । हाल नागरिक उड्डयन प्रशिक्षण केन्द्रको नाममा रहेको यो जमिनमा सम्मेलन केन्द्र बनाउन खोजिएको हो । यहाँ प्रशक्षिण केन्द्रको १८९ रोपनी जग्गा छ ।

सरकारले यो सबै जमिन उपयोग गर्ने गरी शहरी विकास मन्त्रालयलाई सम्मेलन केन्रको डिजाइन गर्न भनेको  छ । तर, नागरिक उड्डयन प्राधिकरणभित्र भने एभियसन एकेडेमीको जग्गा अन्य प्रयोजनामा दिन नहुने आवाज उठेको छ ।

‘अब अन्तर्राष्ट्रिय एयरपोर्टहरु थपिँदै छन् । हामीलाई प्रशिक्षण केन्द्र चलाउन यो जग्गा निकै आवश्यक पर्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने,’सरकारले दबाव दिएर यो खोस्न खोजेको छ ।’

शहरी विकास मन्त्रालयका प्रवक्ता दवाडी भने जग्गा सरकारकै भएकाले जग्गा लिन समसया नरहेको बताउँछन् ।

यो सम्मलन केन्द्र बनेपछि नेपाल अन्तर्राष्ट्रिय सम्मेलनको केन्द्र बन्न सक्ने र त्सबाट पर्यटक आगन बढाउन पनि सहयोग पुग्ने अपैषा छ ।

यस्तै तारे होटलरुमा हुने सरकारी खर्च पनि बच्ने दावी अधिकारीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment