Comments Add Comment

बच्चासँग कसरी बिताउने क्वालिटी टाइम ?

आफ्ना बालबच्चाका लागि तपाईंले अभिभावक मात्र बनेर पुग्दैन । उनीहरुको आवश्यक्ता पुरा गरिदिने, पालनपोषण गरिदिने, लेखपढ गराउने कामले मात्र तपाईंको भूमिका पूर्ण हुँदैन ।

किनभने तपाईं बच्चाका लागि साथी पनि बन्नुपर्छ । उनीहरुसँग खेल्नुपर्छ, वातचित गर्नुपर्छ, रमाउनुपर्छ । बालबच्चाले यस्तो महसुष गरोस् कि, उनीहरुलाई साथीको अभाव छैन ।

किनभने बच्चाले आफ्ना आमाबुवाबाट अभिभावकत्व मात्र चाहँदैनन् । मित्रवत् व्यवहार पनि गर्छ । जबकी बच्चाहरुले प्रत्येक अभिभावकबाट चाहने भनेकै माया, प्रेमका साथै ‘क्वालिटी टाइम’ हो । किनकी जब उनीहरु आˆना अभिभावकसित हुन्छन्, तब उनीहरुलाई दुनियाभरको खुशी प्राप्त हुन्छ ।

तर बालबालिकासँग क्वालिटी टाइम कसरी व्यतित गर्ने ? धेरैको मनमा प्रश्न उब्जन सक्छ । जबकी यी सामान्य टि्रक्स अपनाएर पनि आˆना बालबालिकासित क्वालिटी समय व्यतित गर्न सकिन्छ ।

मोबाइल फोन प्रयोग नगर्ने

बच्चाहरु आमाबाबु मोबाइलमा झुण्डेको पटक्कै मन पर्दैन । त्यसैले उनीहरुसित बस्दा मोबाइल फोनको प्रयोग कहिल्यै गर्नु हुँदैन । यदि गर्नै परेमा अत्यावश्यक परेमा मात्र गर्नुपर्छ । अन्यथा मोबाईललाई केही समयको लागि स्वीच अफ राख्न सकिन्छ । यसबाट बच्चाहरुले पनि दिनभर आफूले गरेका गतिविधि तपाईलाई बताउन् ।

यसरी पनि बच्चासित आˆनो क्यालिटी समय व्यतित गर्न सकिन्छ । तर याद राख्नुस्, बच्चाहरुले यस्ता कुरा गरिदा विर्सेर पनि फोनको प्रयोग गर्नु हुँदैन । बरु केही समयका लागि आˆनो फोन बन्द राख्न सकिन्छ । किनकी बच्चाहरुलाई आफूसित कुरा गर्दा अभिभावक फोनमा झुण्डिएको कुनै पनि हालतमा मनपर्दैन ।

किनमेल कम गर्ने

सपिङ्ग आफैमा नराम्रो हैन । तर किनमेल गर्ने भन्दैमा बच्चालाई भन्दा सपिङ्गलाई प्राथमिकता दिनु चाहीँ पक्कै नराम्रो हो । त्यो नहोस् भन्नका लागि किनमेलको समय कटौती गरेर पनि बच्चासित धेरै भन्दा धेरै समय व्यतित गर्न सकिन्छ । बरु स्मार्ट किनमेल गर्न सकिन्छ । यसको लागि घरबाट बाहिर जानुको सट्टा अनलाइनमै किनमेल गर्न सकिन्छ । यसबाहेक, सामानका लागि होम डेलिभरीको सुविधा लिन सकिन्छ । यसरी पनि बच्चासित क्वालिटी समय व्यतिति गर्न सकिन्छ ।

घरमा दिने समय बच्चालाई दिने की ?

घरको सरसफाई, खानापिना लगायतका अन्य जरुरी काममा हामी आˆनो समय यसरी व्यतित गर्छौ की बच्चासित बस्ने हामीलाई रत्तिभर  फुर्सद हुँदैन । जबकी घरमा सहयोगी राखेर पनि घरको कामलाई सजिलैसित पूरा गर्न सकिन्छ । त्यसबाहेक, श्रीमान लगायत घरका अन्य सदस्यले आपसमा काम बाटेर पनि बच्चासित धेरै समय विताउन सक्दछन् ।

सोशल साइट नचलाउने 

फेसबुक, इन्ट्राग्राम, टुइटर लगायतका सामाजिक सञ्जाल आजकल आम बन्दै गएको छ । जबकी फेसबुक, टुइटर , लगायतको प्रयोग कम गरेर पनि बच्चाहरुसित धेरै भन्दा धेरै समय विताउन सकिन्छ ।

बच्चासित मिलेर काम गर्ने

धेरैजसो मातापिता बच्चाले काम गरेको मन पराउँदैनन् । जबकी विरुवालाई पानी हाल्ने, घरको सरसफाई गर्ने लगायतका ससाना काममा उनीहरु बच्चाको मद्दत लिन सक्छन् । बच्चाहरुसित मिलेर काम गर्नुको दुईटा फाइदा हुन्छ ।पहिलो बच्चाहरुले त्यस्ता काम चाडै सिक्ने गर्छन्, अर्को बच्चाहरुसित धेरै भन्दा धेरै समय विताउन सकिन्छ ।

अफिस पछिको समय बच्चालाई दिने की ?

अफिसको काम सकिएपछि धेरैजसो अभिभावक समाचार, सिरियल लगायतका टिबी कार्यक्रममा व्यस्त हुने गर्छन् । जबकी बच्चाहरुलाई थोरै समय भएपनि अवश्य दिनु पर्छ । यसको लागि आवश्यक पर्छ भने मनपर्ने टिभी सिरियलका पनि त्याग गर्नु सकिन्छ । जसले गर्दा बच्चाहरुसित तपाई क्वालिटी समय व्यतित गर्न सकिन्छ ।

यसबाहेक, प्रत्येक साता छुट्टीको दिन बच्चाहरुसित घुम्न गएर वा पिकनिकमा गएर पनि उनीहरुसित क्वालिटी समय व्यतित गर्न सकिन्छ । यसले आमाबुवा र बच्चाबीचको सम्बन्ध मजबुत हुने गर्छ । यदी तपाई मर्निङ्ग वाक, जिम, योगा गर्नुहुन्छ भने बच्चालाई पनि त्यस्ता कि्रयाकलापमा सामेल गर्न सकिन्छ । यसले बच्चालाई फिट राख्नुका साथै सिर्जनशील बनाउन मद्दत गर्छ ।

बच्चाहरुलाई बगैचामा काम गर्ने , बोट विरुवा रोप्ने पनि ठूलो सोख हुन्छ । त्यसैले, उनीहरुसित मिलेर फूल विरुवा रोपेर पनि उनीहरुको बौद्धिक विकास गर्न सकिन्छ ।

त्यस्तै, बच्चाहरुको सोख बुझेर उनीहरुसित म्यूजिक, डान्स, कुकिङ्ग, स्विमिङ्ग, ट्रेकिङ्ग गरेर पनि उनीहरुसित क्वालिटी समय व्यतित गर्न सकिन्छ । त्यसबाहेक, बच्चासित बच्चै बनेर उनीहरुसित कलर गरेर, खेलकुद गरेर पनि उनीहरुसित क्वालिटी टाइम व्यतित गर्न सकिन्छ। तपाईको यस्तो कि्रयाकलापले बच्चाहरुलाई खुशी प्रदान हुनुका साथै उनीहरुसितको तपाईको सम्बन्ध माया र प्रेमले भरिएको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment