Comments Add Comment

भान्टाः ग्याष्ट्रिकदेखि मधुमेहसम्मको औषधी

भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ । भाण्टा विभिन्न रंग र आकारका हुन्छन् । जुनसुकै आकार र रङको भएता पनि यसबाट प्रचुर मात्रामा पोषण तत्व तथा एन्टिअक्सिडेन्ट पाइन्छ ।

यसकारण पूर्ण सन्तुलित आहार

भान्टामा न्यून कयालोरी हुन्छ । जसको नियमित सेवनले तौललाई सन्तुलित राख्नमा सहयोग पुग्छ । त्यसैले पनि होला यसलाई तौल न्युनीकरणको आहारको रुपमा पनि लिने गरिन्छ ।

यसमा आहार जन्य रेसा अर्थात फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचनजन्य समस्या त ठिक पार्छ नै शरिमा कोलेस्ट्रोल र चिनीको मात्रालाई पनि नियन्त्रण गर्ने काम गर्छ । यसको सेवनले कब्जियतको जोखिम पनि कम हुन्छ ।

भान्टामा भिटामीन ए, सी, ई, के, वि ६, नायसीन, फोलेट र कोलीनको मात्र प्रचुर हुन्छ । पोटासियम, क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस, जिंक, कपर, म्याङगानीज सेलेनियम जस्ता खनीज तत्वहरु पनि सबाट प्राप्त गर्न सकिने भएकाले यसलाई पूर्ण सन्तुलित आहारको रुपमा लिने गरिन्छ ।

भान्टाको नियमित सेवनले जीवनशैल्ाी जन्य मधुमेह, मुटु रोग, शरिरमा बोसोलाग्ने जस्ता जोखिम न्यनिकरण गर्छ । यसमा पाइने भिटामीन बि-६, सी, पोटाशियम, बनस्पतिजन्य पोषणले मुटुजन्य समस्या न्युनिकरणको लागि सहयोग पुर्‍याउँछ ।

यो तरकारीमा फ्याभोनाइड को मात्रा अत्यधिक हुने भएकाले एन्टी अकसीडेन्ट गुण देखाउँछ । एन्थोसाएनीन जस्ता वनस्पतिजन्य फयोभोसाइड भएका खानाको सेवनले मुटु रोगको जोखिमलाई कम गर्ने बैज्ञानिकहरुका विभिन्न अनुसन्धानले नै पुष्टि गरेको छ । यस्तो तत्वले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्छ । जसको कारण रक्तचाप नियन्त्रणमा रहन्छ ।

भान्टामा पाइने अर्को महत्वपूर्ण तत्व भनेको कोरोजेनिक एसीड हो । यसले रगतमा कम घनत्वको लीपो प्रोटिन उत्पादनमा मदत गर्छ । भान्टामा पाइने पोटाशियमले फेरि शरीरमा इलेक्ट्रोलाइटसलाई सन्तुलनमा राख्न मद्दत गर्छ । जसले गर्दा उच्च रक्तचापको जोखिम अति न्युन हुन्छ ।

यति मात्र नभएर भान्टामा भएका अनगिन्ति खनीज, भिटामीन र एन्टिअक्सिडेन्टले शरीरको छालालाई सफा, रसिलो र मुलायम गराएर राख्न मदत गर्छ । किनकी भान्टामा भएको अकसीकरणरोधी एन्थोसाइनिन्सले छालाको कोशीकालाई क्षती हुनबाट बचाउँछ । जसले गर्दा छाला च्याउरीने, थोप्ला देखिने, रंग वद्लिनेजस्ता समस्याबाट बच्न सकिन्छ ।
त्यतिमात्र होइन भान्टाको रस लगाउँदा कपालको जरा वलियो हुन्छ । भाण्टाको तरकारी नियमित खानाले कपालको वनावट मा सुधार आउनुका साथै चम्किलो भएर जान्छ ।

भान्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउने काम गर्छ । पोेलिफिनोलहरुले क्यान्सरको कोषीकालाई मार्ने तथा बिषाक्त कोषीका नष्ट गर्ने कमा गर्छ ।

भान्टाको बोक्रामा पाइने एन्थोसाइनीन फाइटोले मस्तीष्कको कोषिका क्षति हुनबाट बचाउँछ । यसले मस्तीष्क कोषिकाका झिल्लीहरुमा हुने बोसो संरक्षण गरिराख्न सघाउ पुर्‍याउँछ । त्यतिमात्र नभएर यसले मस्तिष्क कोषिकाको आवश्यक पोषण तत्व प्रवाहमा पनि गरि विषादीलाई हटाउने काम गर्छ ।

भण्टाको रसको सेवनले सहि समयमा पिसाव हुन्छ । जसले गर्दा शरीरवाट सजिलै बिषाक्त पदार्थ वाहिरिई मृगौला स्वस्थ रहन मद्दत पुग्छ ।

भान्टामा न्युन कार्बोहाइड्रेट तथा उच्च रेसा, फाइवर पाइने हुँदा मधुमेहको जोखिम कम हुन्छ । यसले रगतमा अप्रत्याशित रुपमा रगतमा ग्लुकोजको मात्रा बढ्न दिदैन ।

भिटामिन-के म्यागानीज, कपर जस्ता तत्वले हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ । किनकी मानिसको शरिरमा कपरको मात्रा कम भएमा हाड कमलो भई खिएर जाने गर्दछ ।

प्राकृतिक रुपमा पाइने फोलेट एउटा स्रोत भान्टा पनि हो ।यस्तो भिटामिनले शरीरमा कोशिका विभाजन तथा नयाँ कोषिकाको उत्पादनमा महत्वपुर्ण भुमीका निर्वाह गर्छ । यसले गर्भमा रहेको बच्चामा न्युराल टयुवमा हुने विकार रोक्न सहयोग गर्छ ।

खाने अनेक तरिका

यसलाई उमालेर, बाफीलो पारेर, तारेर, पिंधेर वा अचारलगायतका परिकार बनाएर प्रयोग गर्न सकिन्छ । यसलाई अन्य तरकारीमा मिसाएर प्रयोग गर्दा स्वादिष्ट मात्र हुँदैन अत्यन्तै स्वस्थवर्द्धक हुन्छ । यसलाई पूर्ण सन्तुलीत आहारकै रुपमा लिने गरिन्छ । यसमा एन्थो साइनीन जस्तो प्रोभोनाइट जस्ता तत्व अत्याधिक हुने हुँदा तरकारीमा विशेष रंग उत्पन्न गराउँछ गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment