Comments Add Comment

तोडफोड भएपछि रोकियो ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित रहेर निर्माण भएको छ ।

कांग्रेसका युवा कार्यकर्ताको विरोधमा यस चलचित्रको उत्तर कोलकत्ताको स्टार थिएटर, मध्य कोलकत्ताको रोक्सी एण्ड प्राची थिएटर, दक्षिण कोलकत्ताको मेनका थिएटर र हिंद थिएटरमा चलचित्रको प्रदर्शन रोकिएको हो । कोलकत्ताको धेरै हलमा यो चलचित्रको शो रोकिएको छ ।

हिन्दी चलचित्रका सञ्चालकले एक भारतिय मिडियामा भनेका छन्–‘हामीले चलचित्रको टिकट पनि बेचिसकेका थियौं । तर, पछि प्रहरीले चलचित्रको शो रोक्न आग्रह गरेपछि हामीले टिकट फिर्ता गर्यौ ।’ मनमोहनले जीवनकालमा गरेको एक निर्णयलाई चलचित्रमा मुख्य रुपमा फिचर गरिएको छ । जसले गर्दा राजनीतिक दल कांग्रेसलाई असर गर्ने भएकाले कांग्रेस कार्यकर्ताले तोडफोड गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment