Comments Add Comment

घरेलु मदिराविरुद्ध बानेश्वर प्रहरीको अपरेसन, ९ हजार लिटर मदिरा नष्ट

२९ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले घरेलु मदिराविरुद्ध अपरेसन चलाएर ९ हजार लिटर मदिरा नष्ट गरेको छ ।

महानगरीय प्रहरी प्रभाग, कोटेश्वर र काँडाघारीबाट गरी ५० प्रहरी अधिकारी, जनप्रतिनिधि, उपभोक्ता अधिकार मञ्चका अधिकारी लगायतको सहभागितामा अपरेसन चलाएर ठूलो परिमाणमा मदिरा नष्ट गरिएको हो ।

बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेका अनुसार कागेश्वरी मनोहरी-८ स्थित कृष्ण मन्दिर आसपासको क्षेत्रमा रहेका बालुवा खानी, सुकुम्बासी बस्तीलगायतका स्वीप अपरेसन चलाउँदा ९ हजार लिटर मदिरा बरामद भएको हो ।

मदिरासँगै उत्पादनमा प्रयोग हुने भाडाकुँडासमेत बरामद भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment