Comments Add Comment

चिकित्सा विधेयक बहुमतले पारित गर्न खोजे संसद अवरोध : कांग्रेस सांसद बडु

२९ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ आफूहरुसँग सहमति गरेर मात्रै संसदबाट पारित गराउन सरकारलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन सरकारलाई आग्रह गरेका हुन् ।

उनले बहुमतको आडमा सो विधेयक सत्तापक्षले पारित गराए आफ्नो पार्टी संसद बैठक अवरोध गर्न बाध्य हुने चेतावनी पनि दिए। विधेयकसम्बन्धी प्रतिवेदन आइतबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले प्रतिनिधिसभामा पेश गरेको छ । सो विधेयकप्रति असहमति जनाउँदै वरिष्ठ चिकित्सक गोविन्द केसीले इलाममा पुगेर आमरण अनसन सुरु गरेका छन् ।

वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति सो विधेयकमा परेकै हुनुपर्ने यता, प्रमुख प्रतिपक्ष दल कांग्रेसको अडान छ । कांग्रस नेता बडुले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको तर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनीसँग भएको सहमतिअनुसार सो विधेयक पारित गर्न सरकारलाई पुनः छलफलमा आउन सचेत गराए ।

सो विधेयक संसदमा पेश गरेपछि संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले सो विधेयक बहुमतको आडमा पारित गराए संसद बैठक अवरुद्ध पार्ने चेतावनी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment