Comments Add Comment

सिभिल बैंकमा घरबाटै खाता खोल्दा सय रुपैयाँ पाइने

२९ पुस, काठमाडौं । सिभिल बैंक लिमिटेडले अनलाइन अकाउन्टको सुरुवात गरेको छ । यो सुबिधा बैंकको स्मार्ट बेवसाइट  http://www.civilbank.com.np तथा ‘को बन्छ करोडपति’को मोबाईल एपमार्फत उपलब्ध गराइएको छ ।

जसमा ग्राहकहरुले आˆनो ब्यक्तिगत बिबरण उल्लेख गरेपश्चात एउटा युनिक कोड उपलब्ध हुनेछ , जसको आधारमा ग्राहकहरुले नजिकैको सिभिल बैंकको शाखामा गई सो युनिक कोड भेरिफाइू गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले रु १००को ब्यालेन्स उपलब्ध गराउने छ ।

साथै यस खाताका अन्य बिशेसताहरुमा एक बर्षका लागि निःशुल्क डेबिट कार्ड र इन्टरनेट बैंकिङ सुविधा, दुई बर्षका लागी निशुल्क मोबाइकल बैंकिङ सुबिधा, निशुल्क चेक बुक र रू ५ लाखसम्मको दुर्घटना तथा स्थायी अशक्तताको निःशुल्क बीमा सुबिधा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment