Comments Add Comment

रजनीले जितिन् पारा भारोत्तोलनमा स्वर्ण

२९ पुस, काठमाडौं । पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजी तौल समूहमा रजनी राईले स्वर्ण जितेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा आइतबार रजनीले ४० केजी भार वहन गरिन् । ३५ केजी भार वहन गरेकी अनु राई दोस्रो साथै ३० केजी भार वहन गरेकी हेमकुमारी राई तेस्रो भए ।

महिला ५५ केजी तौल समूहमाथि सरिता थुलुङ ५५ केजी वजन उचाल्दै पहिलो भइन् । ५० केजी उचालेकी निर्मला भण्डारी दोस्रो र ४० केजी उचालेकी लक्ष्मी घिमिरे तेस्रो भइन् ।

पुरुष ५४ केजीमा ५५ केजी भार उठाएका दानबहादुर थिङ पहिलो भए । गिरीराज थापा दोश्रो तथा सागर पाण्डे तेश्रो बने । दुवैले समान ४५ केजी वजन उठाए पनि अघिल्लो लिफ्टका आधारमा गिरीराज दोश्रो भएका हुन् ।

६५ केजी तौल समूहमा विष्णुपुकार श्रेष्ठ पहिलो भए । उनले ६५ केजी तौल उचाले । त्यत्तिनै तौल उचाले पनि अघिल्लो लिफ्टको प्रदर्शनका आधारमा दीपक तिल्सिनाले दोस्रो स्थानमा पुगे । ६० केजी भारवहन गरेका यम श्रेष्ठ तेस्रो स्थानमा रहे ।

पुरुष ७२ केजी तौल समूहमा आशिष मानन्धरले स्वर्ण जिते । आशिषले १ सय २० केजी वजन उठाए । भरत बिसी (६५ केजी) दोस्रो तथा रविन्द्र खत्री (५५ केजी) तेस्रो भए ।

७२ केजी तौल समूहमाथि राजाराम सिलवालले प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण हात पार्ने क्रममा ९० केजी भार उचाले । शरद पौडेल (८० केजी) दोस्रो तथा निर्मल श्रेष्ठ (७० केजी) तेस्रो भए ।

एकदिने प्रतियोगितामा २७ पुरुष खेलाडीले ४ तथा १५ महिला खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment