Comments Add Comment

बलेफी कपको उपाधी बलेफीकै पोल्टामा

२९ पुस, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाको आयोजनामा जारी जिल्ला स्तरीय फुटबलको उपाधी आयोजक बलेफी गाउँपालिकाले नै हाता पार्न सफल भएको छ ।

आइतबार बसन्तपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक बलेफी गाउँपालिकाले सुनकोशी गाउँपालिकालाई ३–२ गोल अन्तरमा हराउँदै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

फाइनल खेलको २१ औ मिनेटमा बलेफी गाउँपलिकाका राजकुमार घिसिङले सुरुवाती गोल गरे । दोस्रो हाफको केही समय पछि बलेफी गाउँपालिकाकै लक्ष्मण विकले अर्काे गोल गरेर आफ्नो टिमलाई २ गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै बलेफी गाउँपालिकाका लागि तेस्रो गोल आकाश तामाङले गरे । ३ गोललले पछि परेका सुनकोशी गाउँपालिकाले दोस्रो हाफको केही मिनटेको अन्तरमा २ गोल गरेर खेलमा फर्किने प्रयास गरेको थियो । सुनकोशीका लागि आवस योञ्जन र क्रिजल खड्काले गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच बलेफी गाउँपालिकाकै आकाश तामाङ घोषित भएका थिए ।

प्रथम हुने बलेफी गाउँपालिकाले नगद १ लाख, दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । विजयी खेलाडीहरुलाई प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले पुरस्कार वितरण गरेका थिए । बसन्तपुर खेल मैदानमा पुस २२ देखि प्रतियोगिता सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment