Comments Add Comment

चिया मात्र पिएर ३३ वर्षसम्म जिउँदै

कुनै मानिस अन्न नखाईकन कति समय बाँच्न सक्ला ? भारता एकजना महिला चाहिँ ३३ वर्षसम्म केवल चिया मात्र पिएर बाँचिरहेकी छन् ।

यो सुन्दा पत्यार नलाग्न सक्छ, अनौठो लाग्न सक्दछ । तर यो साँचो हो । उनको त्यो अनौठो शारिरिक क्षमता देखेर डाक्टर पनि तीनछक परेका छन् ।

भारतको छत्तिसगढस्थित कोरिया जिल्लाको बरदिया गाउँमा बस्ने ४४ वर्षकी पल्ली देवी नामकी महिलाले पछिल्लो ३३ वर्षसम्म अन्न खाएकी छैनन् ।

पल्लीदेवीले अचानक ११ वर्षको उमेरमा अन्न त्याग गरिन् । त्यसयता उनले आफ्नो मुखमा अन्न तथा शुद्ध पानी हालेकी छैनन् । केवल चिया मात्र पिएकी छन् । उनको नाम नै चियावाली रहन गएको छ ।

उनी आफ्नो माइतीमै बस्दै आएकी छिन् । उनका बुवाको अनुसार उनी ६ कक्षामा पढ्दाखेरि अन्न त्याग गरेकी थिइन् । स्कुलबाट जिल्लास्तरीय खेलकुदमा भाग लिएर घर फर्किएपछि उनले खाना खान छाडेकी थिइन् । पहिले त एक दुई महिनासम्म उनले केवल विस्कुट, चिया तथा ब्रेड सम्म खाएकी थिइन् । तर विस्तारै उनले विस्कुट र ब्रेडपनि खान छाडिन् ।

एउटा दुःखद् कुरा त के छ भने सुरुमा उनले दुध राखेको चिया पिउँथिन् । तर गरीबीका कारण घरमा दूध नभएपछि उनले फिक्का चिया हालेको चिया पिउन थालिन् ।

डाक्टरहरु भने पल्लीले ३३ वर्षसम्म केवल कालो चिया खाएर बाँचेको भन्ने कुरा पत्याउन तयार छैनन् । यतिका वर्षसम्म केवल चियापत्ती र चिनी घोलेको पानी खाएर स्वस्थ भएर बाँच्न कसरी सम्भव भयो ? भन्ने प्रश्न डाक्टरहरुको छ । त्यसैले उनको शरीरको जाँच गर्नुपर्ने डाक्टरहरुको भनाइ छ ।

तर उनका भाइले भने आफू जान्ने हुँदादेखि कहिल्यै पनि पल्लीले खानेकुरा खाएको नदेखेको भन्दै चिया पनि केवल दिन ढलेपछि मात्र पिउने गरेको दाबी गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment