Comments Add Comment

अशिष्मादेखि अनमोलसम्म, जोसँग मिलनको ट्यूनिङ मिलेन

नायक आकाश श्रेष्ठले चलचित्र ‘विर विक्रम २’ छाडेपछि निर्देशक मिलन चाम्सले विज्ञप्ती नै निकालेर उनले छाड्नुको कारण खोल्दै नायक पल शाहलाई चलचित्रमा अनुवन्धित गरे । मिलन चाम्सले आकाशलाई चलचित्रको घोषणा कार्यक्रममा बाजा बजाएरै स्वागत गरेका थिए । तर, आकाशले चलचित्रमा काम गर्न मन गरेनन् । बजारमा जे जस्ता खबर सार्वजनिक भएपनि आकाश आफ्नो भूमिकालाई लिएर सन्तुष्ट थिएनन् । यसैले उनले चलचित्र छाडेका थिए ।

नायक आकाश श्रेष्ठले चलचित्र छाडेको केही समयपछि नायक अनमोल केसीले मिलनकै निर्देशनमा बन्न लागेको चलचित्र छाडे । ‘ब्याचलर बन्टी’ नाम दिएर अनमोलसँग काम गर्न लागेको मिलनको योजना असफल बन्यो । मिलनले यो चलचित्र त बनाउनेछन्, तर अनमोल नायक नहुने पक्का छ ।

आकाश श्रेष्ठपछि नायक अनमोल केसीसँग पनि उनको ट्यूनिङ मिलेन । नायक अनमोल केसीको बारेमा मिलनले विज्ञप्ती नै निकालेर कुनै कुरा त भनेका छैनन्, तर कहिकतै मिडियामा एउटा स्टारले कथा नै नपढी किन चलचित्र साइन गरे त भनेर प्रश्न उठाएका छन् ।

मिलनले अनमोल र आकाशसँग मात्र होइन, नायिका अशिष्मा नकर्मीसँग पनि काम गर्न सकेनन् । चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि अशिष्माले वर्कशप समेत गरिसकेकी थिइन् । वर्कशप गरिसकेकी नायिका कसरी अन्तिम समयमा चलचित्रमा भइनन्, त्यो त खुलेको छैन । तर, पछि यो भूमिकामा नायिका बेनिशा हमालले काम गरिन् ।

मिलनले काम गर्ने पक्का भएर पनि अन्तिम समयमा नजुरेका ३ कलाकारको नाम ‘अ’ अक्षरबाट सुरु हुन्छ । यसैले कतै, मिलनका लागि ‘अ’ अक्षरबाट नाम सुरु भएका कलाकार नै नफाप्ने त होइनन् भन्ने पनि देखिएको छ ।
तर, मिलनले नायक अनुप विक्रम शाहीसँग भने केही चलचित्रमा काम गरे । तर, पछिल्लो समयमा उनी र अनुपको सम्बन्ध पनि सुमधुर नभएको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment