Comments Add Comment

डा. केसीलाई तत्काल आईसीयूमा राख्नुपर्ने

३० पुस, इलाम । आमरण अनसनरत डा. गोविन्द केसीलाई तत्काल आकस्मिक कक्ष (आईसीयू) मा राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई सोमबार विहान जिल्ला अस्पताल लगिएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट विजेन्द्रकुमार झाका अनुसार डा. केसीलाई निमोनिया भएको छ । उनको दायाँ फोक्सोमा इन्फेसक्सन देखिएको छ ।

रोगसँग लड्न सक्ने क्षमता कम हुँदै गएको छ भने रगतमा चिनीको मात्रा कम हुनुका साथै मुटुको चाल अनियमित भएको छ । मुटुको चाल घटेर ३४ र बढेर २४० सम्म पुगेको छ ।

‘सर अर्जेन्ट आईयूसी केयर चाहिने अवस्थामा पुगिसक्नु भएको छ’ निमित्त मेडिकल सुपरिटेण्डेन्ट झाले भनेका छन्, ‘यहाँ इलाम अस्पतालमा आईसीयू केयरको सुविधा छैन ।’

तर, डा. केसीको अनसन जारी नै राखेका छन् । चिकित्सकहरुले भने आईसीयू केयरमा राख्न नसक्ने कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment