Comments Add Comment

एबी डिभिलियर्सले लाहोरमा पीएसएको दुई खेल खल्ने

३० पुस, काठमाडौं । एबी डिभिलियर्सले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दरबाट दुई खेल खेल्ने भएका छन् ।

दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान डिभिलियर्सले पाकिस्तानमा अन्तराष्ट्रिय क्रिकेट फर्काउन भूमिका खेल्ने बताएका हुन् । २००९ मार्चमा लाहोरमा श्रीलंकाको क्रिकेट टोलीमाथि आतंकवादी आक्रमण भएपछि अन्तर्राष्ट्रिय टोलीले पाकिस्तान भ्रमण गरेको छैन ।

गत वर्ष अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका डिभिलियर्सले पीएसएलमा लाहोर कलन्दरमा आवद्ध भएका छन् ।

तर, पारिवारिक कारण उनले दुई खेल मात्र खेल्ने भएका छन् । अब उनले इस्लामाबाद युनाइटेड र मुल्टान सुल्टान्सविरुद्ध लाहोरमा खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment