Comments Add Comment

बालिका बलात्कार प्रयास गर्नेलाई पाँच वर्ष कैद

३० पुस, सप्तरी । आठ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले एक युवकलाई पाँच वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलासले आइतबार राजगढ गाउँपालिका–४ कमलपुरका १९ वर्षीय महमुद मियाँलाई पाँच वर्ष कैदको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए । १३ वर्षका दुई बालकलाई भने सफाइ दिइएको छ ।

बाख्रा चराउन गएकी बालिकालाई नजीकैको नहरमा नुहाउन लगेर सामूहिक रुपमा बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएकी थिइन् ।

प्रहरीद्वारा घटना भएकै दिन ०७३ साल भदौ १५ गते पक्राउ परे पनि अदालतले नाबालक भन्दै भोलिपल्टै तीनै जनालाई छाड्ने आदेश दिएको थियो । आरोपित महमुदको उमेर १९ वर्षको प्रमाणित भएपछि प्रहरीले पुनः एक सातापछि पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपित महमुद १५ हजार धरौटीमा ०७३ साल असोज १२ गते रिहा भएका थिए । जिल्ला अदालतले आइतबार बलात्कार नभई बलात्कार प्रयास भएको पुष्टि गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेपछि आरोपित फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment