Comments Add Comment

वोल्भ्समाथि म्यानचेष्टर सिटीको सहज जित

१ माघ, काठमाडौं । गाब्रियल जेसिसको दुई गोलसँगै म्यानचेष्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ । यससँगै उसले लिग लिडर लिभरपुलसँगको अंक दूरी ४ मा झारेको छ ।

सोमबार राति भएको खेलमा म्यानचेष्टर सिटीले वोल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले दशौं मिनेटमा जेसिसको गोलबाट अग्रता लिएको थियो । खेलको १९ औं मिनेटमा भ्रमणकारी टोलीलाई झड्का लाग्यो । उसका बोली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भयो ।

३९ औं मिनेटमा पाएको पेनाल्टीमा जेसिसले नै गोल गरेपछि पहिलो हाफमा सिटी २–० ले अगाडि रह्यो ।

खेलको ७८ औं मिनेटमा कोडीले आत्मघाती गोल गरेपछि म्यानचेष्टर सिटी ३–० गोलले विजयी भएको छ ।

जितसँगै उसको २२ खेलबाट ५३ अंक भएको छ । समान खेलबाट ५७ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ११ औं स्थानमा रहेको वोल्भ्सको २९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment