Comments Add Comment

‘पिरतीको गाउँ’ घुम्दै अमृत र करुणा

भ्रष्टचार र प्रेमलाई एकसाथ प्रस्तुत गरेको चलचित्र ‘सय कडा दश’मा समावेश ‘पिरतीको गाउँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा स्वप्न सुमन र त्रिशला गुरुङको स्वर, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत छ ।

रोमान्टिक गीतको भिडियोको कोरियोग्राफी दिलिप ओखेडाले गरेका हुन् । यो गीतमा चलचित्रका मुख्य ३ कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपानेलाई फिचरिङ गरिएको छ । गीतको भिडियो कलरफूल छ ।

रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राज्जु प्रधानको कथा, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सन्जिव न्यौपानेले मिलेर बनाएका हुन् ।

यो चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेलको मुख्य भूमिका छ । चलचित्रले भ्रष्टचार निवारणको सानो औषधीको रुपमा प्रेम रहेको देखाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment