Comments Add Comment

साहरुखले छाडे ‘सारे जहाँ से अच्छा’, ‘डन ३’ गर्दै

चलचित्र ‘जिरो’ भारतीय बक्स अफिसमा असफल भएपछि बलिउडका नायक साहरुख खानले प्रयोगात्मक सिनेमा नगर्ने सोच बनाएका छन् । उनले, चलचित्र ‘फ्यान, जिरो’मा भीएफएक्सको प्रयोग बढी गरेका थिए । तर, यी दुबै चलचित्रले बक्स अफिसमा त्यस्तो कमाल मच्चाउन सकेनन् ।

यसैले, साहरुखले अब नयाँ प्रोजेक्ट ‘सारे जहाँ से अच्छा’ छाडेको खबर भारतीय मिडियामा उल्लेख छ । यो चलचित्र राकेश शर्माको बायोपिकमा आधारित छ । अन्तरिक्षमा पुग्ने पहिलो भारतीय नागरिकको बायोपिकमा काम गर्न लागेको जानकारी साहरुख आफैले दिएका थिए । यो चलचित्रमा पनि भीएफएक्समा बढी काम गर्नुपर्ने पक्का थियो ।

तर, साहरुखले यो चलचित्र छाडेर मसला चलचित्र ‘डन ३’ गर्न लागेको भारतीय मिडियामा उल्लेख छ । फरहान अख्तरको समेत लगानी र निर्देशन रहने ‘डन ३’को चर्चा बलिउडमा लामो समयदेखि चल्दै आएको छ । साहरुखका लागि अहिले एउटा हिट चलचित्र चाहिएको छ । यसैले, उनले कुनै जोखिम नमोली मसला चलचित्रमा काम गर्न लागेको प्रष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment