Comments Add Comment

सुन पसलबाट १ किलो सुनसहित ३ पक्राउ

१ माघ, काठमाडौं । प्रहरीले सोमबार साँझ न्यूरोडस्थित ज्वेलरी पसलबाट एक किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।

एक पसलबाट अवैध सुन कारोबार हुन लागेको सूचनाको आधारमा खटिएको टोलीले सुन पसलेसहित ३ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा कालिकोटका ३८ वर्षीय लैनासिला सञ्जेल र ३५ वर्षीया राजकुमारी शाही छन् । उनले पक्राउ परेका अर्का एक व्यक्तिको नाम भने खुलाउन चोहनन् ।

स्रोतका अनुसार नाम नखुलाइएका व्यक्ति सुन पसले हुन् । उनले सञ्जेल र शाहीलाई प्रयोग गरेर त्यो सुन कतै पठाउन लागेका थिए । तर, त्यो सुन लगिन लागेको थियो भन्ने बारे उनीहरुले केही नबताएको प्रहरी अधिकारी बताउँछन् ।

पक्राउ परेकाहरुलाई प्रहरीले हाल राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment