Comments Add Comment

अशिफ र रेश्माको ‘इन्स्टाको फोटो’

कालिप्रसाद बाँस्कोटाको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘इन्स्टाको फोटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा कालिप्रसादले केही भिन्न स्वाद पस्कने कोशिश गरेका छन् । गीत गाउने शैलीदेखि यसमा प्रयोग भएका विभिन्न बाजाहरुले गीतलाई विशेष बनाएको छ ।

युटुबमा सार्वजनिक गरिएको गीतको भिडियोमा समेत मिहिनेत गरिएको छ । अशिम शाहले निर्देशन गरेको भिडियोमा अशिफ शाह र रेश्मा घिमिरेलाई देख्न सकिन्छ । प्रेममा रहेको एक जोडी, यूवतीको अर्कैसँग बिहेको तयारी भएपछि उत्पन्न हुने परिस्थितीलाई भिडियोमा देखाइएको छ । हरि हुमागाँइले खिचेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment