Comments Add Comment

महाराजगञ्जबाट समातिए ५ सेनेगल नागरिक

१ माघ, काठमाडौं । प्रहरीले काठमाडौं–३, महाराजगञ्जबाट ५ जना सेनेगल नागरिकहरुलाई पक्राउ गरेको छ । गएराति उनीहरुलाई साम्ला होटलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३६ वर्षीय गेया मामाजु, ३४ वर्षीय सेला मोहमद र ३२ वर्षीय सिददे सोले लगायत छन् । प्रहरीले उनीहरुको साथबाट शंकास्पद वस्तुहरु बरामद भएको छ ।

काठमाडौं प्रहरी परिसरले जनाए अनुसार ती विदेशी नागरिकबाट वनस्पतीजन्य औषधी, नक्कली कपाल ३० थान, सिद्रा माछा ४ पोका, खरायोको सुकुटी, बनस्पती झार २ पोका र पिठो २ पोका बरामद भउको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment