Comments Add Comment

‘बुलबुल’मा स्वस्तिमा र मुकुनको प्रेम र पीडा

चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको ट्रेलरमा नायिका स्वस्तिमा खड्काको विभिन्न रुप देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमा खड्काको चरित्र मार्फत कथा भन्ने प्रयास गरिएको छ । ट्रेलरमा नायिका खड्का र कलाकार मुकुन भुषाललाई देख्न सकिन्छ ।

चलचित्रका निर्देशक विनोद पौडेलले ट्रेलर आफ्नो र बजारको रुची अनुसार तयार पारिएको बताएका छन् । चलचित्रका निर्माता अविरल थापा हुन् । चलचित्रको बनोट, कलाकारको अभिनय र कलाको संयोजन ट्रेलरमा गरिएको निर्देशकले बताए ।

चलचित्रमा स्वस्तिमा र मुकुनको अलवा वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । यो चलचित्र फागूणको ३ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment