Comments Add Comment

‘समर लभ’ हेर्नुहोस्, थाइल्याण्ड घुम्न जानुहोस्

चलचित्र ‘समर लभ’ हेर्ने दर्शकले थाइल्याण्ड घुम्ने अवसर पाउने भएका छन् । चलचित्र हेरेका दर्शकलाई निर्माण युनिटले ‘लक्की ड्र’ मार्फत छनोट गरेर थाइल्याण्ड घुम्ने अवसर दिने भएको हो । दर्शकको टिकट नम्बरमा ‘लक्की ड्र’ गरेर थाइल्याण्ड घुम्नको लागि छनोट गरिने बताइएको छ ।

चलचित्रको गीत र ट्रेलर फेसबुकमा शेयर गरेका र चलचित्र हेरेका दर्शकले मात्र यो अवसर पाउनेछन् । चलचित्रकी निर्मात्री इन्दु भण्डारीले भनिन्–‘ ‘यदि कुनै दर्शकले चलचित्रको गीत र ट्रेलर शेयर गर्नुभएको छैन् भने उक्त दर्शकले यो अवसर पाउने छैनन् । छनोट भएका एक दर्शकले अर्का एक जना साथी पनि लान पाउनेछन् ।’

अहिले चलचित्र युनिट प्रचार प्रसारको लागि मोफसलमा छ । सोमबार चितवन महोत्सबमा उपस्थिती जनाएको चलचित्रको युनिट मंगलबार नेपालगञ्ज पुगेको छ । बिहिबार दाङ पुगेर चलचित्रको प्रचार गर्ने यस युनिट दाङपश्चात् बुटवल, हेटौडा, धरान, इटहरी, दमक, विर्तामोड हुँदै पोखरा पुग्नेछ ।

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको यस चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका छन् । सामिप्यराज तिमिल्सेनाको पटकथा रहेको चलचित्रमा सामिप्य र सुविनको संवाद छ ।
माघ २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारीको मुख्य भूमिका छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा तयार भएको चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रलाई संजय लामाले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment