Comments Add Comment

रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार लेखेको आरोपमा अनलाइन सञ्चालक पक्राउ

१ माघ, काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको आरोपमा एक अनलाइन सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको शान्तिनगर बस्दै आएका २४ वर्षीय श्याम रोका छन् ।

महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार रोका नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक हुन् ।

उनले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ दर्शनलाई जोडेर भ्रामक र अश्लील र चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको सिंहको भनाइ छ ।

उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment