Comments Add Comment

भैरहवामा सम्पन्न भयो ‘गल्फ इन्डस्ट्रियल टेक्निकल मिट-२०१९’

१ माघ, काठमाडौं । बाराको सिमरामा रहेको नेपाल ल्युब आयल लिमिटेडले गल्फ इन्डस्टि्रयल टेक्निकल मिट २०१९ सम्पन्न गरेको छ ।

भैरहवामा आयोजना गरिएको कार्यक्रममा बी टू बी ग्राहक चेताम तथा प्रोडक्ट पोर्टफोलियो सम्बन्धी छलफल गरिएको थियो ।

बी टू बी ग्राहकमा सिमरा र वीरगंज आसपासका विभिन्न सिमेन्ट तथा स्टिल उद्योगहरुको सहभागिता भएको कम्पनीले जानकारी दिएको छ ।

नेपाल ल्युब आयलका ब्राण्ड तथा मार्केटिङ म्यानेजर प्रद्यूम्न न्यौपानेका अनुसार प्रोडक्ट पोर्टफोलियो सम्बन्धी चेतना वृद्धि गर्नु, प्राविधिक रुपमा औद्योगिक उपकरण तथा प्रविधिको अध्यावधिक गर्नु र बजारका विद्यमान समस्या एवं तिनको निराकरण गर्नु कार्यक्रमको उद्देश्य थियो ।

कार्यक्रममा गल्फ आयल लुबि्रकेन्ट इन्डिया लिमिटेडका प्रमुख डाइरेक्ट विजिनेस जसमित सिंह, गोलिलका सिमेन्ट सम्बन्धी विशेषज्ञ सुशील कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यस्तै नेपाल ल्युब आयल लिमिटेडमा च्यानल्स सेल्सका लागि नेशनल सेल्स म्यानेजर दीवाकर मिश्र, इन्डस्टि्रयल सेल्सका लागि नेशनल सेल्स म्यानेजर शिवप्रसाद तिवारी तथा एरिया कोआर्डिनेटर सुवोध थापा पनि कार्यक्रममा सहभागी थिए ।

गल्फ इन्टरनेसनलको नेपालका लागि अधिकार प्राप्त कम्पनीका रुपमा नेपाल ल्युब आयल लिमिटेड हो । नेपाल ल्युब आयल कम्पनीले अन्तर्राष्ट्रिय लुब्रिकेन्ट नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment