Comments Add Comment

विराटको शतकमा भारतको जित

१ माघ, काठमाडौं । लगातार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा जित हात पार्दै एक खेल अगाडि नै सिरिज जित्ने अवसर अष्ट्रेलियाले गुमाएको छ ।

मंगलबार भएको खेलमा पाहुना टोली भारतसँग ६ विकेटले पराजित भएसँगै अष्ट्रेलियाले एक खेल अघि नै सिरिज जित्ने अवसर गुमाएको हो । तीन खेलको सिरिज १-१ को स्थितिमा पुगेको छ । सिरिजको टुंगो अन्तिम तथा तेस्रो खेलबाट हुनेछ ।

२९९ रनको चुनौती पछ्याएको भारतले निर्धारित ५० ओभर सकिन चार बल बाँकी छँदा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । भारतको जितमा कप्तान विराट कोहलीले शतक बनाउँदा पूर्वकप्तान महेन्द्रसिंह धोनीले अविजित ५४ रन बनाए ।

त्यस्तै रोहित शर्माले ४३ , शिखर धवनले ३२ र दिनेश कार्थिकले अविजित २५ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २९८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि साउन मार्सले शतक बनाउँदै टोलीलाई उकासेका थिए । साउनले १२३ बलमा ११ चौका र तीन छक्का प्रहार गर्दै १३१ रन बनाए । त्यस्तै, ग्लेन म्याक्श्वेलले ४८ रन बनाए ।

बलिङतर्फ भारतका भुवनेश्वर कुमारले चार विकेट लिदा अर्का फाष्ट बलर मोहम्मद सामीले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment