Comments Add Comment

कोमिल्लाविरुद्ध सन्दीप टिममा परेनन्

१ माघ, काठमाडौं । बंगलादेश प्रिमियर लिग क्रिकेटमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध सन्दीप लामिछाने टिममा परेका छैनन् ।

यसअघि सन्दीपले सिलेट सिक्सर्सबाट निरन्तर तीन खेलमा खेलपनि चौथो खेलमा आएर उनी टिममा अटाएनन् । आफ्नो डेब्यु खेलमा नै दमदार सुरुवात गरेका सन्दीपले पछिल्लो दुई खेलमा भने विकेट लिन सकेका थिएनन् ।

सन्दीपले पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध नै दुई विकेट लिएका थिए । त्यतिबेला चार ओभर बलिङ गरेका उनले मात्र १६ रन खर्चेका थिए ।

तर दोस्रो खेलमा चितगाँउ भिकिंग्सविरुद्ध र तेस्रो खेलमा ढाका डाइनामेट्सविरुद्ध सन्दीपले विकेट लिन सकेका थिएनन् ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग खेल्दा खेल्दै उनी बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment