Comments Add Comment

झापा ११ विशाल गोल्ड कपको सेमिफाइनलमा

१ माघ, वीरगञ्ज । दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा झापा ११ विजयी भएको छ । झापाले भारत सिलगुडीको रोयल एफसीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा झापा ११ ले ७ औं मिनेटमै राजकुमार कडनवाको गोलमा अग्रता लियो । २० औं मिनेटमा झापाका आशिष चापागाईले अग्रता दोब्बर पारे ।

रोयल एफसीले खेलमा फर्कने प्रयास गरेपनि पहिलो हाफमा सफल हुन सकेन । ५४ औं मिनेटमा एएफसीका सिद्धान्त क्षेत्रीले गोल गर्दै टिमलाई हौसला प्रदान गरे । तर त्यो प्रयास लामो समय टिक्न सकेन ।

७० औं मिनेटमा झापाका शक्ति राई र ८५ औं मिनेटमा विकेश लिम्बुले गोल गरे । ८६ औं मिनेटमा एफसीका करण राईले टिमका लागि दोस्रो गोल गरेका थिए ।

झापा ११ का आशिष चापागाई म्यान अफ दी म्याच घोषित भए । नक आउट चरणको अन्तिम खेलसँगै प्रतियोगितामा सेमिफाईनलको समीकरण पूरा भएको छ ।

भोलि पहिलो सेमिफाइनल खेलमा वीरगञ्ज ११ र हिमालयन शेर्पा भिड्दैछन् । प्रतियोगिता माघ ५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment