Comments Add Comment

घरमा आगो लाग्दा जलेर महिलाको मृत्यु

१ माघ, हेटौंडा । अचानक घरमा लागेको आगोमा परी मकवानपुरमा एक महिलाको मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका– ९ तल्लो धियालमा ८६ बर्षकी साहिलीमाया थिङको मृत्यु भएको हो । घरमा एक्लै रहेकी उनको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कर्यालय मकवानपुरले जनाएको छ ।

आगो लाग्दा खरले छाएको कच्ची घर पूर्ण रुपले ध्वस्त भएको छ । साहिली मायाको श्रीमान दावा केही कामले बाहिर गएको समयमा आगलागी भएको बताइएको छ ।

साहिलीका दुई छोरा काठमाडौं बस्दै आएका छन् भने ३ जना छोरीहरुको बिवाह भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment