Comments Add Comment

स्ववियु चुनाव डन र धनको पक्षमा कि सुशासनको ?

लोकतन्त्र भनेको वास्तवमा मतदानको अधिकार मात्र होइन, यो त जीवन पद्धति हो । मान्छेको जीवन जीउने नयाँ शैली, नयाँ तरिका हो । मूलकको आर्थिक, सामाजिक, साँस्कृतिक सबै पक्षमा खाजिने नयाँ तरिका हो । समग्रमा मान्छेमा साच्ने तरिका र गरिने व्यवहारमा ल्याइने बदलाव हो । तर पनि नेतृत्व छनोटको प्रक्रियामा भने निर्वाचन र मतदान प्रक्रिया लोकतन्त्रको आाधर सार्वभौम हो ।

विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनले शासन सत्ता परिवर्तन ल्याउने त होइन अबको नयाँ पुस्ताको मनोविज्ञान कस्तो छ ? उसले के चाहन्छ ? उसले राजनीतिक दललाई मात्र होइन समाजलाई नै कस्तो सन्देश सूचना दिने भन्ने गहिरो प्रभाव राख्दछ । त्यसैले यो निर्वाचनको सन्देश प्रभाह र लोकतन्त्रको आधुनिकीकरण र विस्तारिकरणको हिसाबले निकै ठूलो महत्व राख्दछ ।

विद्यार्थीको माझमा वैकल्पिक विचार र विचार प्रवाह र विश्वविद्यालयमा हामीले गर्ने आधुनिककरणको योजनाको प्रचार र पुराना शक्तिले गरेको गलत क्रियाकलापलाई विद्यार्थी बुझाउने एक अवसर हो ।

यो चुनावमा अन्य संगठन दलवल सहित हिटलर शैलीमा चुनावमा आयो भने पनि हामी अल्वट आइन्स्टाइन बनेर जवाफ दिने छौ, अरुले हुल जमात आयो भने हामी नियम र रुल सिकाएर जवाफ दिनेछौ ।

अरुले इतिहासको व्याज खाने गरी आयो भने हामी भविष्यको योजना दिएर जवाफ दिनेछौ । अरु संघठन पार्टी जिताउन कार्यकर्ता बनाउन चुनावमा निश्चित आउनेछन । त्यसैले हामी देशमा सुशासन विश्वविद्यालयमा निश्पक्षता कायम गर्ने गरी विश्वविद्यालयलाई नै जिताउने भिजन दिएर जवाफ दिनेछौ । सचेत मतादाताको चुनाव खासमा दलगत नहोस् न्याय र अन्याय बिच नहोस, भ्रष्टचारी हारोस्, सुशासनले जितोस । चुनावमा अरुभन्दा ढिलासुस्तीले हारोस् राजनीतिक भागवण्डाले हारोस, निष्पक्षता र क्षमताले जितोस ।

डा. गोविन्द केसीको अनसनको सम्बोधनको सन्देश प्रवाह गरोस् । निर्मला पन्तको परिवारले न्याय पाएको महसुस गरोस् । त्यसैले यो चुनाव न्यायले जितेको अन्यायले हारेको भ्रमको जालो च्यातिएको सत्य र विवेकले जितेको वास्तविकक चुनाव हनेछ । त्यसैले लोकतन्त्रको विस्तारिकरण गर्ने छ ।

विश्वविद्यालय आधुनिकीकरण बन्ने अभियानको ढोका उगार्ने छ, लोकतन्त्रको जामाभित्र रहेको भ्रमवादीहरुलाई एक दरिलो झापड दिनेछ ।

समाज बदल्ने सबैभन्दा बलियो अस्त्र नै सकारात्मक सोच सहित देखिने सपना हो । नयाँ शक्तिमा लाग्ने सबैले आफ्नोलाई मात्र होइन विराधीलाई नि सुधार्ने क्षमता राख्नु पर्दछ । त्यसैले नयाँ शक्तिविद्यार्थी युनियन अखिल नेविसंघका विरुद्ध होइन विद्यार्थीको पक्षमा चुनावी मैदानमा हनेछ ।

दलीय स्ववियु होइन सृजनशील स्ववियु र स्वतन्त्र नेतृत्वको लागि स्ववियुको इतिहास गर्वीलो छ । त्यसको हामी सम्मान गर्छौ तर राजनीतिक कार्यकर्ता उत्पादन मात्र गर्ने अबको यस्तो स्ववियुको खास अर्थ हुदैन । यसको मोडालिटिमा परिवर्तन जरुरी छ । त्यसैले हामी दलगते संघठनले लड्नुभन्दा स्वतन्त्र समूह वा स्वतन्त्र व्यक्ति चुनाव लड्ने कानूनी व्यवस्थाको माग गर्दछौ ।

विद्यार्थी आन्दोलनालाई राजनीतिक पार्टीकेा भातृसंघठनभन्दा शैक्षिक आन्दोलनको अगुवा र विश्वविद्यालयको सुधारको नयाँ आयमको रुपमा परिभाषित गर्न चाहान्छौ ।

भागवण्डा होइन निष्पक्षताको लागि विशेषतः बहुदलीय व्यवस्था पछि सबै विद्यालयदेखि विश्वविद्यालयसम्म समग्र राजनीति भागवण्डाले आक्रान्त भएको छ । यसले मान्छेहरुकबो क्षमतान मारेको छ, निष्पक्षता अन्त्य गरेको, वौदिक जमातलाई आलोचनात्मकभन्दा राजनीतिक पार्टीका दाश बनाएको छ । विश्वविद्यालयका जनशक्तिलाई परिश्रमिभन्दा परिक्रमिक पथाृ स्थापित गरेको छ । त्यसैले हामी स्थापना कालदेखि नै राजनीतिक भागवण्डाको अन्त्य गर्न चाहन्छौ । यो चुनावमा राजनीतिक भागवण्डाको अन्त्यको पक्षमा नयाँ शक्ति विद्यार्थी युनियनलाई विश्वासका साथ मतदान गर्न आवश्यक छ ।

गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी आन्दोलनलाई स्वार्थी नेतृत्वहरुले विकृत बनाएको कुरा पछिल्लो रवी लामिछानेले नेताहरुले चन्दा आतंक गर्दागर्दै पक्रिएको विषयले स्पष्ट पारेको छ । हामी डन, गन र धनमा हैन विद्यार्थीको मनमा विश्वास गर्छौ ।

बदलिएको विश्व परिवेश सँगै विश्वविद्यालयले नयाँ कार्यक्रमहरु ल्याउनु सराहनीय कार्य हो । तर कार्यक्रम ल्याउदा साधारण विद्यार्थीको पहँुचमा नपुग्ने गरी चर्को शुल्क थुपार्ने पूर्वाधार कुनै सुधार नगर्ने विश्वविद्यालयलाई नै निजीकरण गर्ने उद्देश्य राखेको प्रष्ट देखिन्छ ।

अबको विश्वविद्यालयकको कार्यक्रम आम जनताको पहुचमा हुनु पर्दछ र देशै भरि एउटै शुल्क हुने गरी सेमिस्टर प्रणालीको भौतिक पूर्वाधार सुधार गर्न र समान पहुच समान शुल्क र उत्कृष्ट विश्वविद्यालय आजको मुद्दा हो ।

हरेक क्याम्पसमा भाषणमा छात्रा, आसनमा छात्रा र शासनमा छात्रा होस । त्यसको लागि मात्र हुदैन त्यसको लागि विश्वविद्यालयले निती नै परिवर्तन गर्न जरुरी छ । प्रत्येक क्याम्पसमा छात्रा विद्यार्थी भर्ना संख्याको आधारमा उम्मेदवार उठाउनु पर्ने कानूनी व्यवस्था हुनुपर्छ ।

नेपाल समृद्धिको एजेण्डामा दौडिरहेको छ । अबको विद्यार्थी संगठनले समृििद्धको मिसनलाई कसरी टेवा पुर्‍याउन सक्छ त त्यसको फाइनल गर्नै पर्दछ दलगत कार्यक्रम गर्दा क्याम्पसमा अध्ययन अध्यापन पनि असर गर्दछ । खर्चको हिसाबले पनि सबै संगठनहरु अपादर्शी बन्ने खतरा हुन्छ । त्यसैले निर्वाचन आयोगको प्रस्तुत कार्यक्रम राख्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment