Comments Add Comment

बिहेको मौसममा दर्शक हसाँउने ‘गरुण पुराड’

चलचित्र ‘गरुण पुराड’को कमेडीले दर्शकलाई तानिरहेको छ । यो चलचित्रको ट्रेलर रिलिजसँगै यसले दर्शकको ध्यान खिच्न सफल भएको हो । माघको ४ गतेबाट रिलिज हुने यो चलचित्रलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ पाएको छ ।

सुवास कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथालाई प्रस्तुत गरेको छ । माघ महिना विवाहको महिना भएको र चलचित्रले पनि यस्तै कथा बोकेकाले माघमा रिलिज गर्न लागेको निर्माणपक्षले बताएको छ । चलचित्रमा समावेश ‘म त पिरेममा परे’ बोलको गीत अहिले चर्चामा छ । चलचित्रमा नायक नाजिर हुसेन ब्यान्ड बाजा बजाउने यूवाको भूमिकामा छन् ।

उनको साथमा कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ । चलचित्रबाट प्रियंका सिंह ठकुरीले यो क्षेत्रमा हात हालेकी छिन् । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालले लेखेका हुन् । चलचित्रमा पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवास कोइरालाको छ ।

नेपालमा कमेडी चलचित्रको बाढी नै आएपनि धेरै चलचित्र असफल छन् । यो विचमा रिलिज हुन लागेको ‘गरुण पुराड’ले माघको जाडोमा दर्शक हसाँउने अपेक्षा यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment