Comments Add Comment

हत्या आरोपीलाई समात्न प्रहरीले बर्दियामा गोली चलायो

२ माघ, काठमाडौं । प्रहरीले बर्दियामा गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवराज गिरी छन् ।

यसअघि २६ पुसमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।

शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । र, भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले उनको खुट्टामा गोली लागेको बताए । उनले अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै भने, ‘पक्राउ गर्ने क्रममा उनले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको हो । तर, उनको अवस्था सामान्य छ । उपचारका लागि कोहलपुर टिचिङ हस्पिटल पठाएका छौं ।’

थप अनुसन्धान जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment