Comments Add Comment

कायापलट र रुपान्तरण पुस्तक विमोचन

२ माघ, काठमाडौं । मंगलबार ललितपुरको मानभवनमा शेयर एण्ड केयर नेपालको आयोजनामा कायापलट र रुपान्तरण पुस्तक विमोचन भएको छ । संस्थाको २५ औं वार्षिक सभाका अवसरमा दुई पुस्तकको विमोचन गरिएको हो ।

ती पुस्तक वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा विमोचन गरे ।

संस्थाका संस्थापक अध्यक्ष रमेशकुमार खड्काको अनुभवलाई समेटिएर लेखिएको कायापलट र विभिन्न व्यक्तिहरुको जीवन परिर्वतन भएको पुस्तक रुपान्तरण मानवीय सेवा र समाजसेवामा लाग्नेहरुका लागि प्रेरणाको स्रोत हुने प्रमुख अतिथि जोशीको भनाइ थियो ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई सम्मान पनि गरिएको थियो । सो अवसरमा विन्दु घलान, पुण्यप्रसाद पोखरेल, मारमाला तामाङलाई मोटिभेसनल बास्केट फण्ड (बीउ पूँजी) प्रदान गरिएको थियो ।

समाज रुपान्तरणमा प्रेरक व्यक्तित्वका रुपमा गिरिजा भट्टराई, राक्सिराङ गाउपालिकाका उपप्रमुख निर्मला हिम्डुङ, दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डंगोल तामाङ्गलाई सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाका सहयोगीहरुमा गणेशभक्त सितिखु, रमेशमान महर्जन, यक्षकुमार बस्नेत, कृष्णहरि थापा, घोष्टराईटर कमल ढकाल, कयेर नेपालका निर्वतमान अध्यक्ष नवाङसिंह गुरुङलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment