Comments Add Comment

विद्युतको पोलको भाडा बढाएको भन्दै इन्टरनेट अवरुद्ध पार्ने चेतावनी

२ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल प्रयोग गरेवापतको भाडा बढाएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु विरोधमा उत्रिएका छन् ।

प्राधिकरणको पोल प्रयोग गरेर इन्टरनेट सेवा प्रदायकहरुले ओपीजीडब्लू फाइबर केवल विस्तार गर्दै आएका छन् ।

बढाइएको भाडादर स्वीकार नगर्ने इन्टरनेट सेवा प्रदायक संस्था (इस्पान) ले जनाएको छ ।प्राधिकरणले ५ सय प्रतिशत भन्दा बढी भाडा बढाएको इस्पानको आरोप छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इस्पानले भनेको छ, ‘नेपाल विद्युत प्राधिकरणले हाल वृद्धि गरेको पोल तथा ओपीजीडब्लू फाइवरको भाडादर सहमति विपरित भएको हुँदा हामी सबै सेवा प्रदायकहरुले नयाँ भाडादर स्वीकार नगर्ने निर्णय गरेका छौं ।’

इस्पानका अध्यक्ष भोजराज भट्टले समस्याको समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र सेवा प्रदायक संघ सम्मिलित उच्चस्तरीय समिति गठन गर्न माग गरे ।

सेवा अवरुद्ध भएमा त्यसको जिम्मेवार विद्युत प्राधिकरण नै हुने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment