Comments Add Comment

रेबतीको लोभलाग्दो हाइट

भारतको मुम्बइमा बसेर मोडलिङ गर्दै आएकी रेबती क्षेत्री चलचित्र ‘समर लभ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । रेबतीको अभिनय कस्तो छ, यसका लागि दर्शकले माघ २५ गतेबाट रिलिज हुने चलचित्र नै हेर्नुपर्नेछ ।
तर, रेबतीको हाइटले भने दर्शकलाई लोभ्याइसकेको छ ।

५ फिट ९ इन्च अग्ली रेबतीको उचाई कमै मात्र नेपाली नायिकाको छ । यसैले पनि रेबतीलाई आफू भन्दा अग्लो नायकसँग जोडी वाध्न पनि सजिलो छैन । पहिलो चलचित्रमा आफूले शतप्रतिशत काम गरेको बताउने रेबती अब निरन्तर यही क्षेत्रमा लाग्ने बताउँछिन् ।

चलचित्रमा न्यूड सिन दिएको भनेर चर्चा भएपनि रेबती छायांकनको समयमा आफू न्यूड नभएको स्पष्ट पार्छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment