Comments Add Comment

हिमालयन शेर्पा विशाल गोल्डकपको फाइनलमा

२ माघ, वीरगञ्ज । हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगञ्ज-११ लाई ट्राइब्रेकरमा पराजित गर्दै हिमालयन शेर्पा उपाधि दावेदार बनेको हो ।

स्थानीय टिम भएका कारण दर्शकको राम्रो साथ पाएपनि हिमालयन शेर्पालाई वीरगञ्ज-११ ले दवावमा राख्न सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफको ११ औं मिनेटमा विदेशी खेलाडी काजिम भुसारीले गोल गरी वीरगञ्ज-११ लाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दवावमा आएको हिमालयन शेर्पाले वीरगञ्ज प्रति आक्रमक खेल खेल्यो । जसका कारण खेलमा थपिएको ५ मिनेटको पहिलो मिनेटमै वीरगञ्जले गोल खायो । त्यसपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा हिमालयनले ४ गोल गर्दा वीरगञ्जको तीन गोलमा सिमित भयो ।

पटक-पटक आएका मौकाको सदुपयोग गर्न नसक्दा दुवै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा वीरगञ्जका दुई खेलाडीले हानेको बललाई छेकेर हिमालयन शेर्पाका किपर किशोर गिरीले टिमलाई जित दिलाए ।

वीरगञ्जका कप्तान कृष्ण शाक्य, शिसस थापा, कृपाकान्त चौधरीले गोल गर्दा अनुज सिंह र रञ्जय चौधरीले हानेको बल हिमालयनका किपर गिरीले उत्कृष्ट बचाउ गरे ।
हिमालयनका तर्फबाट विजय श्रेष्ठ, विदेशी खेलाडी विलिक सिवी, प्याट्रिक पिगोभा, रवी थापाले गोल गरेका थिए भने विश्वास श्रेष्ठले पोष्ट बाहिर हानेका थिए ।

वीरगञ्ज-११ का कृष्ण कार्की म्यान अफ दी म्याच घोषित भए । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा झापा-११ र नेपाल आर्मी भिड्ने छन् । बिहीबारको विजेतासँग हिमालयन शेर्पाले उपाधिका लागि माघ ५ गते खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment