Comments Add Comment

दिदी-बहिनी कप राष्ट्रिय महिला भलिबल माघ अन्तिम साता

२ पुस, काठमाडौं । दिदी-बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघ अन्तिम सातादेखि सञ्चालन हुने भएको छ ।

रेडियो दिदी-बहिनीको नवौं वाषिर्कोत्सवका अवसरमो प्रतियोगिता माघ २५ देखि फाल्गुन ५ सम्म पर्वतको सदरमुकाम कुश्मा बजारमा हुन लागेको हो । आयोजक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जकी अध्यक्ष कल्पना चापागाईले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएकी हुन् ।

बृहत् एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवका दौरान माघ २८ देखि फाल्गुन १ सम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता तीन दिन सम्म चल्नेछ ।

प्रतियोगितामा थोरैमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको टिम, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहने छ ।

महोत्सवका दौरान खुल्ला दौड प्रतियोगिता पनि हुँदैछ । खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment