Comments Add Comment

डिशहोमले आईपीओ जारी गर्ने

२ माघ, काठमाडौं । नेपालको पे टीभी इन्डस्ट्रीमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्कले आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने भएको छ ।

डिशहोमको ९औं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।

साधारण सभाले यस अघिकै संचालक समितिलाई आगामी चार वर्षका लागि निरन्तरता दिने निर्णय पनि गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टीभी कम्पनी हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment