Comments Add Comment

बुबाको स्मृतिमा शक्ति गौचनले क्रिकेट प्रतियोगिता गर्ने

२ माघ, बुटवल । क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनले आफ्ना स्वर्गीय बुबा खड्गप्रसाद गौचनको स्मृतिमा जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरेका छन् ।

आफ्नो बाँकी जीवन क्रिकेट खेलको विकासमै समर्पित गर्ने र विद्यालय तहबाटै नयाँ क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको गौचनले जानकारी गराए ।

प्रतियोगितामा कक्षा १० सम्मका कम्तीमा १६ टिम र बढीमा ४० टिमसम्मलाई सहभागी गराउने लक्ष्य रहेको उनले बताए । खेलहरु जिल्लाका देवदह, ओमसतियाको कर्मडाँडा र भैरहवाको सिद्धार्थ रंगशालामा खेलाइने छ । जिल्लामै पहिलोपटक रेड बल र ह्वाइट ड्रेसमा ४० ओभरको खेल खेलाइने पनि गौचनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिता समपन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने जानकारी दिंदै उनले टिम दर्ता शुल्कबाहेक अरु खर्च आफैले व्यक्तिगत ब्यहोर्ने बताए । आफ्ना बुबा खड्गप्रसाद गौचनको निधन भएको माघ १४ गते नै प्रतियोगिता शुरु गर्ने उनले बताए ।

प्रतियोगितालाई हरेक वर्ष बुबाको पूण्य तिथिको दिन पारेर निरन्तरता दिने र अर्को वर्षदेखि ६ महिना अगाडिबाटै तयारी थाल्ने उनले जानकारी दिए । शक्तिको बुबाको मृतयु ३ वर्षअघि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment